हेटौंडा : हेटौंडाको शिवम् सिमेन्ट उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी महसुल दुई अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
हेटौंडा–१६ मा रहेको शिवमले उद्योग सञ्चालनका लागि लिएको डेडिकेटेड फिडरको महसुल तिर्न आनाकानी गर्दै आएको छ।
उद्योगले २०७२ सालदेखि ०७५ सम्म शिवमले प्रयोग गरेको डेडिकेटेड फिडरको महसुल तिर्न अटेर गर्दै आएको छ। ६ वर्षदेखि डेडिकेटेड फिडरको महसुल नतिरेको शिवमले सर्वोच्च अदालतलाई पनि अटेर गर्दै आएको छ।
तीन वर्षसम्म प्राधिकरण वितरण केन्द्र हेटौंडाको कमाने शाखाबाट डेडिकेट...