चाक्सीबारी बैठकमा को को

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरको चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित एक दर्जन नेताहरु छन् । आजको बैठकमा थप नेताहरु पनि सहभागी छन् । महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, […]

सम्बन्धित सामग्री

चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई उनको निवास चाक्सीबारी पुगेका छन्। नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्। उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिए।  यद्यपि दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको नेता सिंहका स्वकीय सचिव  युपी लामिछानेले जानकारी दिए। एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा दौड धुप गरिरहेका छन्

कांग्रेस नेता प्रकाशमान सिंहका छोराको विवाहमा प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुग्नु भएको छ ।   नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुग्नु भएको हो । उहाँले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ ।  विवाह समारोहमा आघा घण्टा जति बसेर प्रधानमन्त्री देउवा फर्किनु भएको छ । एमसीसीलगायत विषयमा छलफल गर्न बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री देउवाले आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तया...

प्रधानमन्त्री देउवा चाक्सीबारीमा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आएका हुन् । प्रकाशमान सिंहका प्रेस संयोजक युपी लामिछानेले प्रधानमन्त्री देउवा चाक्सीबारीमा रहेको बताए ।

प्रकाशमानसँग बधाई थाप्न चाक्सीबारी पुगे विश्वप्रकाश

काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा आफ्नो प्यानलमा सभापतिका उम्मेद्वार प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। निर्वाचन परिणाम घोषणापछि शर्मा सिंह निवास चाक्सीबारीमा पुगेका हुन्। १९८४ मतसहित शर्मा दोस्रो स्थानमा रहेर महामन्त्रीमा विजयी भएका थिए।  मनोनयन अघिसम्म संस्थापन निकट मानिएका शर्मा महामन्त्रीको टिकट नभएपछि सिंहको प्यानलबाट उम्मेद्वारी दिएका थिए। सभापतिमा…

नवनिर्वाचित महामन्त्री शर्मा प्रकाशमानको बधाई थाप्न पुगे चाक्सीबारी

नेपाली काँग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ सिंहको निवास चाक्सीबारी पुगेर शर्माले प्रकाशमानबाट बधाई तथा शुभकामना लिएका थिए । शर्मा १४ औँ महाधिवेशनमा सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।शेरबहादुर देउवा प्यानलमा महामन्त्रीको उम्मेदवार हुने अवस्था नभएपछि शर्माले सिंहलाई रोजेका थिए । सिंह सभापतिमा पराजित भए पनि शर्माले महामन्त्रीमा बाजी मारेका छन् ।  देउवा प्यानलका प्

देउवा प्रकाशमानलाई भेट्न पुगे ठमेल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि पनि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले प्रकाशमानसँग भेट गरेका थिए । दोस्रो चरणको निर्वाचनमा […]

प्रकाशमानलाई भेट्न ठमेल पुगे देउवा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए । […]

देउवा पुगे प्रकाशमान निवास, चियापानबाट सिधै चाक्सीबारी

काठमाडौंः नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न निवास पुगेका छन्। आफ्नाा विश्वासपात्र बालकृष्ण खाणलाई बिहानै भेट्न पठाएका देउवा अहिले आफैँ सिंह निवास पुगेका हुन्।  वरिष्ठ नेता रामचन्द्र पौडेलले लौनचौरमा आयोजना गरेको चियापानबाट देउवा सिधै सिंह निवास चाक्सीबारी पुगेका हुन्।  सभापति चयनको दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा देउवा…

गृहमन्त्री खाँण किन पुगे सिंह निवास चाक्सीबारी ?

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण सभापतिका प्रत्याशी नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । पहिलो चरणमा सभापतिमा कसैले पनि बहुमत पुर्‍याउन नसक्दा खाँण सिंह निवास पुगेका हुन् । सभापतिका प्रत्याशी शेरबहादुर देउवाले बहुमत प्राप्त गर्ने सम्भावना कम हुँदै जाँदा देउवाले सिंहलाई आफ्नो पक्षमा पार्न खाँणलाई चाक्सीबारी पठाएको स्रोतले जनाएको छ । देउवाले ८२ भोटले […]

पौडेल पक्षको चाक्सीबारी बैठकमा को–को भए सहभागी?

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा जारी रहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले गरेको धर्ना तथा महाधिवेशनको बिषयमा बैठक केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले बताएका छन् । पौडेल पक्षले महाधिवेशन नजिकिएसंगै बैठकलाई निरन्तरता दिदै आएको छ । पौडेल पक्षले यसअघि बत्तिसपुतलीमा छलफल […]