लाजियोविरुद्ध गोल गर्दै ज्लाटान इब्राहिमोविच इटालियन सिरिए ए मा गोल गर्ने सबैभन्दा धेरै उमेरका विदेशी खेलाडी बनेका छन् । चार महिना चोटका कारण बाहिर रहेका ३९ वर्षीय स्वडिसी स्ट्राइकरले मिलानको दोस्रो गोल गरेका थिए ।३९ वर्ष ३४४ दिन उमेर भएका ज्लाटानले ब्रुनो आल्भेसको रेकर्ड तोड्न सफल भए । म्यानचेस्टर युनाइटेड, बार्सिलोना, इन्टर मिलान र युभेन्टसका पूर्व खेलाडीले योसँगै पछिल्ला २४ लिग सिजनमा गोल गर्न सफल भएका छन् । उनले पहिलोपटक सन् १९९८–९९ मा स्वडिसी लिगमा गोल गरेका थिए ।‘इब्रा कह