बैंक तथा फाइनान्सका लागि लाभांश दिन पाउने सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई नगद लाभांश वितरणमा लगाएको अंकुश हटाएको छ । राष्ट्र बैंकले बुधबार 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै पहिले व्यवस्था गरिएको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था हटाइएको जानकारी दिएको हो । यसअघि उक्त निर्देशिकामा २०७७/०७८...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश रकम लिन अनुरोध

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश रकम लिन अनुरोध गरेको छ । साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यति फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सका विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरू र महालक्ष्मी विकास बैंकको आर्थिक वर्ष २०७३/७४ मा वितरित लाभांश रकम केही शेयरधनीहरूले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले ती शेयरधनीलाई लाभांश रकम लिन अनुरोध गरेको हो । लाभांश रकम लिन बाँकी शेयरधनीहरूले बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क राखी लिन सक्नेछन् । अन्यथा उक्त रकम प्रचलित कानुनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

आइसिएफसी फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश ( कर सहित) शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिदिएको हो । कम्पनीले पुस २९ गते देखिनै आइपिएस मार्फत जम्मा गरिदिएको कम्पनीले जानकारी दिएको छ ।  हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता र प्यान नम्बर यथाशिघ्र अद्यावधिक गराएपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुने छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्रीमै छ नेपाल फाइनान्सको ७०% हकप्रद शेयर

जेठ १९, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको ७० प्रतिशत हकप्रद शेयर विक्रीमै रहेको छ ।  कम्पनीले जेठ ६ गतेदेखि १० बराबर ७ को अनुपातमा  प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।  यो हकप्रद शेयर खरीदका लागि जेठ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । हाल प्राथमिक बजारमा हकप्रद शेयर नेपाल फाइनान्सको मात्र निष्कासनमा रहेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले कार्यालय अवधिपश्चात् हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरुसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।  हकप्रद प्रयोजनकाल लागि गराईएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्ने इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।  नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।  हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ । हकप्रद निष्कासनको सूचना हेर्न यहाँ क्लिक गर्नहोस् :

नेपाल फाइनान्सको ७० % हकप्रद शेयर शुक्रवारदेखि विक्री खुला

जेठ ५,  काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले शुक्रवारदेखि ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता (१ : ०.७) शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले रू.१०० अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । उक्त हकप्रद निष्कासनका लागि कम्पनीले गत वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष २०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।  कम्पनीले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी  रू.४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५०  पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्काासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।

नेपाल फाइनान्सको हकप्रद शेयर जेठ ६ गतेदेखि विक्रीमा

वैशाख २५, काठमडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले रू. १०० अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद जारी गर्ने भएको हो । उक्त हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन ।  नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी  रू. ४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५०  पुग्नेछ । कम्पनीलाई हकप्रद शेयर निष्काासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।

गुडवील फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

माघ १३, काठमाडौं । गुडवील फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।  कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ९ प्रतिशत नगद लाभांश पुस १५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।  पुस १५ गतेपछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा हुने जानकारी गराएको छ । साथै हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीकाले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध गरेको छ ।  त्यसपछि नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा हुनेछ ।  कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, २ नयाँ संचालक चयन

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न भएको छ। कम्पनीले बुधबार साधारणसभा गरेको हो। सभाले कम्पनीको चुक्ता पूँजी रु.४१.१ करोड रहेकोमा ३८%बोनस शेयर वितरण गरी रु.५६.७६ करोडपु¥याउनुको साथै अधिकृत पुँजी रु.१अर्ब पु¥याउने निर्णय गरेको छ। साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको  छ।कम्पनीले पूँजीवृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने,जोखिम व्यवस्थापन लाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको  पूर्वाधार स्थापना गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ । कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७÷७८ मा कम्पनीको खुदनाफा ३८%ले बृद्धी भएको छ । सभाले कम्पनीको सञ्चालक समितिमा दुइ जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ  निर्वाचित भएका छन्।नेपाल राष्ट्र बैंकको १०%र बैंक तथा वित्तीय संस्थाहरुको ९०%स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंककात र्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधीहरु रहेका छन् ।