काठमाडौं, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिटौलाले कार्यालयमा हाजिर गरी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको, व्यापार व्यवसायमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारको आरोप पत्रअनुसार सिटौलाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास रोड प्रोजेक्टमा ठेक्का लिई हस्ताक्षरसमेत गरेका थिए […]