काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिमा स्थिर सरकार बनाउन प्रस्ताव गरेका छन् । नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेल भएपछि उनले यस्तो बताएका हुन् । ‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र […]