काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन आज सकिएको जानकारी दिए । धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर […]
भृकुटीमण्डपमा आयोजित नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा लामिनार टायल्सप्रति आगन्तुकको चासो देखिएको छ। प्रदर्शनीमा सहभागीले टायलको डिजाइन हेर्नेसँगै सतह छोएर अनुभव गर्ने, विभिन्न प्रयोगका विकल्प तुलना गर्ने तथा उत्पादन प्रविधि र गुणस्तरबारे जानकारी लिएका छन्। लामिनार लुम्बिनी सेरामिक्स लिमिटेडअन्तर्गतको ब्रान्ड हो। कम्पनीका अनुसार यसका फुल्ली भिट्रिफाइड टायल बर्दियाको गुलरियास्थित कारखानामा उत्पादन हुन्छन्। उत्पादनमा […]
सर्वोच्च अदालतले पक्राउ पर्नासाथ हरेक व्यक्तिलाई अनिवार्य रूपमा हत्कडी लगाउने प्रहरी अभ्यासमा रोक लगाएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले जोखिमको वस्तुनिष्ठ मूल्यांकनपछि अपरिहार्य अवस्थामा मात्रै हत्कडी प्रयोग गर्न प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश दिएको हो। अदालतले तीन अवस्थामा हत्कडी प्रयोग गर्न सकिने स्पष्ट गरेको छ। पक्राउ परेको व्यक्ति भाग्ने […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको रिक्त सचिव पदमा वरिष्ठ प्राविधिक सचिव विश्वबाबु पुडासैनीलाई ल्याउनेबारे मन्त्रालयभित्र चर्चा सुरु भएको छ। सचिव सरिता दवाडीको सरुवासँगै रिक्त भएको पदमा पुडासैनीलाई ल्याउने विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। पुडासैनी हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवका रूपमा कार्यरत छन्। लामो समयदेखि निजामती सेवामा रहेका उनी प्राविधिक पृष्ठभूमिका […]