काठमाडौं । नेकपा एमालेको जारी दशौं महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् । जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् । हिजो केपी शर्मा ओलीले प्रस्ताव गरेकाहरुले मात्रै मनोनय गर्दा गरेकाले उनीहरु निर्विरोध भएका हुन् ।