महोत्तरी : श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन्। पराम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरूआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन्।किसानले आ-आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरूसहित हलो राखेर पूजाआजा गरेका छन्। साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन्।किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन ज