नेपाल-कतार आर्थिक सम्बन्ध : प्रवर्द्धनका पर्याप्त सम्भावना

केही समयअगाडि नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्न दुई देशका श्रममन्त्री सहमत भएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कतारका श्रममन्त्रीबीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्नेबारे सहमति भएको हो । नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे कतारी पक्षलाई जानकारी गराएका थिए । उक्त मस्यौदालाई छिट्टै अन्तिम […]

सम्बन्धित सामग्री

इजिप्टसँग आर्थिक सम्बन्ध मजबुत बनाउन पाकिस्तानद्वारा कायरोमा व्यापार सम्मेलन

इस्लामावाद, २४ पुस । पाकिस्तानले इजिप्टसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन इजिप्टको राजधानी कायरोमा पाकिस्तान–अफ्रिका व्यापार सम्मेलन आयोजना गरेको पाकिस्तानी वाणिज्य मन्त्रालयले जनाएको छ । पाकिस्तानले इजिप्टमा सयभन्दा बढी कम्पनी सहित चौथो पाकिस्तान–अफ्रिका व्यापार विकास सम्मेलन तथा प्रदर्शनी मङ्गलबारदेखि बिहीबारसम्म चल्ने मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो । पाकिस्तानका दुई सयभन्दा बढी व्यवसायीहरू इन्जिनियरिङ सामान, खाद्य तथा […]

सीएनआई–आईसीसी समझदारी : आर्थिक सम्बन्ध अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्श (आईसीसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुईओटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशिता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो । समझदारीमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र आईसीसीका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका छन् । यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लाटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ ।  सीएनआई अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि लगायत क्षेत्रमा लगानीको अवसर रहेको बताउँदैै नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे । उनले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चियालगायत क्षेत्रमा भएको लगानीका अवसरबारे जानकारी गराएका थिए । आईसीसीका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीका हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो । सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा यूएसीको महत्त्वबारे प्रकाश पारेका थिए । साथै उनले यूएसीले एशियन राष्ट्रबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सीएनआईका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध सुदृढ गर्ने र क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए ।

आर्थिक सम्बन्ध विस्तारमा प्राथमिकता दिन परिसंघको आग्रह

काठमाडौं। नेपाल उद्योग परिसंघले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरू संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी भएको अन्तरक्रिया कार्यक्रममा परिसंघले द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे । सम्बन्धित मुलुकका लागि नेपाली राजदूत एवं राजदूतावासले नेपालमा भएको लगानीका अवसरका बारेमा विदेशी लगानीकर्तालाई जानकारी गराउन सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । ‘निजीक्षेत्रले व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको छ,’ उनले भने, ‘तर बाह्य लगानी प्रवर्द्धनका लागि हाम्रो प्रयास मात्र पर्याप्त हुँदैन, नेपालले साँच्चिकै लगानी प्रवर्द्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरूको समन्वयमा व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्छ ।’ अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याए । यसका लागि सहकार्य गर्न परिसंघ तयार रहेको समेत उनले बताए । कुनै पनि मुलुकसँग राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो हुनुपर्ने भन्दै उनले व्यवसायका माध्यमबाट देशको ‘ब्रान्डिङ’ गरिनुपर्ने धारणा राखे ।

आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतलाई परिसङ्घको आग्रह

काठमाडौँ, १२ भदौ । नेपाल उद्योग परिसङ्घले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी हुनुभएको अन्तरक्रिया कार्यक्रममा परिसङ्घले आर्थिक […]

नेपाल–चीन आर्थिक सम्बन्ध

नेपालको चीनसँग राम्रो सम्बन्ध छ । हाम्रा सम्बन्धहरू शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा दृढताका साथ स्थापित छन् । एक चीन नीतिप्रति नेपालले हाम्रो सम्मानलाई निरन्तरता दिएको छ, जुन हाम्रो चीन नीतिको मूलधारमा रहेको छ । जबकि चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ र हाम्रो सम्बन्धको मूल कारण पनि हामी धेरै राम्रो सम्बन्धको आनन्द […]

नेपालसँग आर्थिक सम्बन्ध प्रगाढ होस् भन्ने भारत सरकार चाहन्छः राजदुत श्रीवास्तव

‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ। यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ। हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ। यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराक...

भारत–चीन आर्थिक सम्बन्ध

अत्यन्तै तनावपूर्ण सम्बन्धका बाबजुद चीन–भारतले आ–आफ्नो राष्ट्रको आर्थिक स्वार्थबाट उत्प्रेरित भएर बाध्यतावश राम्रो आर्थिक सम्बन्ध राखेका छन्।...

नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तारमा काम गरौंः राजदूत घोषणा

भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएको छ । नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएको हो ।उनले स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको भन्नुहुँदै नेपालले पनि यसमा काम गर्न […]

संयुक्त अधिराज्यसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन माग

नेपाल चेम्बर अफ कमर्सले संयुक्त अधिराज्यसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत लोकदर्शन रेग्मीसँग आग्रह गरेको छ ।चेम्वरद्वारा आयोजना गरेको छलmल कार्यक्रममा अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अधिराज्यबीच कुटनीतिक सम्बन्ध स्थापनाको लामो समय भइसकेपनि दुई मुलुकबीच व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए ।दुवै देशबीचमा आर्थिक सम्बन्ध अभिवृद्धि गर्नका […]