स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप गर्न मातहतका अस्पतालहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका २५ प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीको मात्रै म्याद थप्न सकिने मन्त्रालयले जनाएको छ । कोभिड –१९ को संक्रमण दर नेपालमा न्यून रहेकाले करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २५ प्रतिशतलाई मात्रै थप्न सकिने स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईद्