पहिलो महीनाको विकास बजेट खर्च निकै कमजोर

काठमाडौं। सरकारले मास्टर प्लानविना नै बजेट कार्यान्वयनमा लैजाँदा त्यसको असर पहिलो महीनामै देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महीना बित्न लाग्दा सरकारले पूँजीगत बजेट २० करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । बजेट कार्यान्वयनको पहिलो महीनामै सरकारले गत आवको तुलनामा कमजोर रूपमा पूँजीगत बजेट खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवको साउन २५ सम्ममा सरकारले पूँजीगत शीर्षकको बजेट ६२ करोड २९ लाख खर्च  गरेको थियो । नयाँ संविधान आउनुअघि असार मसान्तमा बजेट ल्याइन्थ्यो । बजेट कार्यान्वयनको तयारी नपुगेको भन्दै जेठ १५ मै बजेट ल्याउने परम्परा शुरू भए पनि चालू आवसम्म कार्यान्वयन तयारीको पाटो निराशाजनक देखिएको छ । गत आवमा पहिला जस्तै अर्बौं रकम असारमा खर्च गरेको सरकारले २०८०/८१ को बजेट कार्यान्वयनमा लैजाँदा समेत बलियो मास्टर प्लान बनाएन । बजेट कार्यान्वयनको मुख्य जिम्मा पाएको अर्थ मन्त्रालयले पहिलाको जस्तै साधारण निर्देशिका बनाउनेबाहेक खासै परिणाममुखी मास्टर प्लान बनाउन चासो नदेखाएकै कारण खासगरी विकास बजेट खर्च कमजोर बनेको हो । सरकारले यसै महीना बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन ल्याएको थियो । त्यो औपचारिकता पूरा गर्न मात्रै ल्याएको देखिन्छ । अर्थले जारी गरेको मार्गदर्शनमा कार्यक्रम स्वीकृति तथा बाँडफाँट, बजेट निकासा तथा बजेट बाँडफाँटको व्यवस्था, बजेट खर्च तथा रकमान्तर, अनुगमनसम्बन्धी व्यवस्था, अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्थालाई थप स्पष्ट पारिएको छ । बजेटमा आएका कतिपय अस्पष्ट बुँदालाई खुलाइएको छ । तर, त्यसले बजेट कार्यान्वयनमा तात्विक प्रभाव पारेको देखिएन ।  अर्थमन्त्रीको जोड निर्देशनमा  अर्थमन्त्री डा. प्रकाशशरण महत प्रचारबाजीमा रमाउन थालेका छन् । बजेट कार्यान्वयनको मास्टर प्लान बनाउन जोड नदिएका उनी सरकारी अधिकारीलाई निर्देशन दिनमै व्यस्त छन् । उनको निर्देशनले कुनै सुधार आएको भने देखिँदैन ।  बजेट कार्यान्वयनको पहिलो महीनाभर उनी वीरगञ्ज, भैरहवासहितका भन्सार कार्यालय पुगे । तर, सरकारको राजस्व संकलन पोहोरभन्दा कम छ । जबकि पोहोर साउनमा कतिपय वस्तुको आयातमा प्रतिबन्ध लागेको  अवस्था थियो । चालू खर्च भने पोहोरको तुलनामा यसपालि बढी छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवको साउन २५ सम्ममा सरकारले ६६ अर्ब ५० करोड रुपैयाँ राजस्व उठाएकोमा यस वर्ष ६५ अर्ब ८३ करोड रुपैयाँ मात्रै उठेको छ ।  हचुवाको भरमा बजेट कार्यान्वयनमा जाँदा बजेटमा आएका कार्यक्रम अहिलेसम्म लागू हुन सकिरहेका छैनन् ।  जानकारका अनुसार अहिले पनि केही बिग्रिएको छैन । सरकारले बजेट कार्यान्वयनको मास्टर प्लान बनाउनुपर्छ । यही रूपमै सरकार जाने हो भने बजेट कार्यान्वयन चालू वर्षमा पनि अघिल्ला वर्षहरूमा जस्तै कमजोर हुनेछ ।  विकास बजेट खर्च नहुनुमा निर्माण व्यवसायीको आन्दोलन पनि कारक पहिलो महीनामै विकास बजेट निराशाजनक हुनुमा निर्माण व्यवसायीको आन्दोलनलाई समेत कारक मानिएको छ । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै व्यवसायीले आन्दोलन जारी राखेका छन् । व्यवसायीले सरकारले आफ्ना माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी  दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणका संवाहक निर्माण व्यवसायीलाई सरकारले धराशयी बनाउने काम गरेको बताए । राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग पनि उनले गरे । उनका अनुसार अहिले निर्माण व्यवसायीले सार्वजनिक खरीद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने माग प्रमुख रूपमा उठाएका छन् । त्यसैगरी सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, माइलस्टोन खारेज गर्नुपर्ने लगायत माग व्यवसायीले अघि सारेका छन् । अर्थमन्त्री डा. महतले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण क्षेत्रको समस्या समाधान गर्न भरपाई गर्ने स्रोत नभएको बताएका छन् । मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझै राज्य संयन्त्रमा पनि समस्या रहेको बताए । घोषणा गर्ने तर स्रोत सुनिश्चितताबारे नसोच्ने प्रवृत्तिले धेरै समस्या आइरहेको भन्दै उनले यो परिपाटीको अन्त्य गर्न जरुरी रहेको शनिवार नेपाल अडिटर्स एशोसिएशनको कार्यक्रममा बताए । अर्थमन्त्री महतका अनुसार विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको छ । ती समस्या समाधानका लागि केही समय लाग्ने उनको भनाइ छ । 

सम्बन्धित सामग्री

असारमा मात्रै एक चौथाइ विकास बजेट खर्च

तनहुँमा एक महिनामा करिब एक चौथाइ विकास बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को असार महिनामा मात्रै संघ र प्रदेश सरकारबाट पुँजीगततर्फ विनियोजित बजेटमध्ये २२ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । असार महिनामा मात्रै पुँजीगततर्फ एक अर्ब ४० करोड २४ लाख बजेट खर्च भएको […]

४५ प्रतिशत मात्रै विकास बजेट खर्च

घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ४४.९९ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । ११ महिनाको अवधीमा आधा पनि विकास बजेट खर्च हुन नक्दा विकासका कार्यहरु अलपत्र अवस्थामा रहेका छन् । समयमा नै विकास निर्माणका कार्यहरु सम्पन्न नहुँदा नगरवासीहरु सास्ती भोग्न बाध्य छन् । आर्थिक वर्ष सकिन लाग्दा समेत आधापनि […]

राजस्व असुली घटेसँगै विकास बजेट खर्च न्यून

सरकारी राजस्वले खर्च धान्न नसकिरहेका बेला बाँकेमा विनियोजित विकास बजेट खर्च पनि ज्याँदै न्यून भएको छ । आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदा जिल्लामा संघतर्फ ४५ प्रतिशत र प्रदेशतर्फ ३८ प्रतिशतमात्र विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९/०८० को वैशाखसम्म जिल्लाका सरकारी कार्यालयले संघअन्तर्गत ६ […]

बाँकेमा विकास बजेट खर्च न्यून

चालू आर्थिक वर्षको आठ महिनामा बाँकेमा विकास बजेट खर्च न्यून भएको छ । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका लागि संघ र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये लक्ष्यको तुलनामा करिब साढे २७ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ । कुल आठ अर्ब ९७ करोड २० लाख ७७ हजार बजेटमध्ये दोस्रो चौमासिकसम्म दुई अर्ब ४६ करोड १४ लाख […]

विकास बजेट खर्च कमजोर : संघको ७.४८ र प्रदेशतर्फ १९ प्रतिशत खर्च

म्याग्दीमा विकास बजेट खर्च न्यून भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साढे सात महिनामा संघ सरकार विकास बजेट खर्च ७.४८ प्रतिशत र प्रदेश सरकारतर्फ कार्यालयको विकास बजेट खर्च १८.९३ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका कोष नियन्त्रक रामभक्त रानाभाटका अनुसार चालू आवको साढे […]

बैतडीमा विकास बजेट खर्च न्यून

बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा यहाँ प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र संघीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट रु दुई अर्ब ४६ करोड ९७ लाखमध्ये चालु आवको अहिलेसम्म […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कुल विकास बजेट पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो ।उक्त अवधिमा जिल्लामा तीन अर्ब १२ करोड ६१ लाख नौ हजार आठ सय ३५ […]

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२० साउन । तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष सङ्घ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा जिल्लामा रु तीन अर्ब १२ करोड ६१ […]

७१ प्रतिशत विकास बजेट खर्च

काठमाडौँ,२ असार । जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा कूल ७१दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु एक अर्ब २१ करोड ५९ लाख १६ हजार […]

दाङमा ६ महिनामा १४ प्रतिशत मात्र विकास बजेट खर्च

दाङमा चालू आर्थिक वर्ष ०७८-०७९ को ६ महिनामा १४ प्रतिशितमात्र विकास बजेट खर्च भएको छ । बितेको ६ महिनाको जिल्लामा विकास लक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको हो ।