प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले केन्द्रमा वर्तमान सत्ता गठबन्धन टुटे पनि प्रदेशमा नटुट्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले एमसीसीकै कारण राजनैतिक दुर्घटना भएपनि प्रदेशको गठबन्धन कायम रहने दाबी गरे ।प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएको एक वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण वर्तमान प्रदेश सरकार फेरबदल नहुने मन्त्री राईको भनाई थियो । ‘संविधानमा प्रदेशको मुख्यमन्त्रील