काठमाण्डाै - काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको आइतवार सम्पन्न चुनावमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ।
बिहान आठ बजे सर्वदलीय बैठक बसेर नौ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष एवम् समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।
यो निर्वाचन क्षेत्रमा ५८ हजार ८ सय ८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतवार २९ मतदान स्थलका ६८ केन्द्रमा ...