यस वर्ष जिल्लाका विभिन्न स्थानमा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । आत्महत्या रोकथाम गर्न मनोपरामर्श र मानसिक स्वास्थ्य उपचार आवश्यक परे पनि रूढिवादी परम्पराले देउताको दोष हो भन्दै मानसिक रोग निको पार्न देउतालाई भाकल गर्ने, बोका काट्ने, मन्दिरमा घन्ट चढाउने कुप्रचलन अझै हट्न सकेको छैन । गएको पाँच वर्षमा बैतडीका १६४ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार यहाँ हरेक एक महिनामा दुई जनाले आत्महत्या गरेको पाइएको छ ।