आत्महत्याका घटना रोकथाम गर्न मनोपरामर्श र मानसिक स्वास्थ्य उपचार अत्यावश्यक भए पनि बैतडीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा देवीदेउतालाई दोष देखाउने प्रचलन रहेको छ। बैतडी जिल्लामा हरेक एक महिनामा दुई जनाले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले मानसिक स्वास्थ्यलाई देवीदेउतासँग जोडेर गलत धारणा बनाउने कुप्रचलन रहेको बताउनुभयो।