नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तर्गत भएको दुवाथलनको उपाधि जितेका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनेट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनेट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् ।नेपाल ट्राइयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर