काठमाडौं : काठमाडौं उपत्यकाभित्र यतिखेर चोक चोकमा होस् या जेब्रा क्रसिङमा म्यादी प्रहरी देखिन्छन्‚ ट्राफिक प्रहरी देखिँदैनन्।म्यादी प्रहरीले नै सवारीसाधनको आवागमनमा सहजीकरण गरिरहेका छन्। पैदल यात्रुलाई बाटो पार गर्न पनि सघाइरहेका छन्। सडकको दृश्य हेर्दा केही म्यादी प्रहरीले कडाइ गरेको देखिन्छ भने केहीलाई सर्वसाधारणले अटेर गरेको पनि देखिन्छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पैदल यात्रुलाई सुरक्षित बाटो पार गराइदिने, ट्राफिक जाम व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग