काठमाडौं: बाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १० करोड रकमबाट शुरु भएको कोषलाई बढाएर ५० करोड पुर्याउने निर्णय गरेको हो। केन्द्र सरकारले पनि ५० करोडकै कोष खडा गरेको छ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा