काठमाडौं : सरकारले यो वर्षबाट सामुदायिक माध्यमिक विद्यालयका लागि ‘अन्तरसंवादात्मक भर्चुअल कक्षा’सञ्चालन गर्ने भएको छ। नेपाल टेलिकमको सहकार्यमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्चुअल शिक्षण सिकाइ थालनी गर्न लागेको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले यसका लागि अहिले प्राविधिक तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘यही शैक्षिक सत्र अर्थात् यसै वर्षबाट नेपाल टेलिकमको सहकार्यमा यो कक्षा सञ्चा