बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । उक्त साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समिति मध्ये १२ जना सदस्य समेत चयन गरेको छ ।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै अवको दिनमा आयातित ब्यापारलाई निरुत्साहित गरी उत्पादनमुखि अर्थतन्त्रमा ध्यान दिन आग्रह गरे । त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भूमिको अन्तर्राष्ट्रिय प्र