बैतडी : सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका ८ खोडपेमा खानेपानीको चरम अभाव छ। पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो। खानेपानीको आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या भएको हो । योजनाका सचिव मोहन बिष्टले लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको खानेपानी विद्युतको खराबीले अवरुद्ध भएको बताए । खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुलाई समेत समस्या हुने गरेको छ। हो