जुवा खेलाउने नयाँ माध्यम– टिकटक

काठमाडौं : उपत्यकामा जुवाडेले प्रहरीको आँखा छल्न सामाजिक सञ्जालको माध्यमबाट जुवा खेल्ने र खेलाउने गरेको पाइएको छ। पछिल्लो समयमा भने ‘टिकटक लाइभ’मार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यका भित्र ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराई टिकटकमार्फत रकमको बाजी राखी जुवा खेलाउने गरेको सूचना आएको थियो। त्यही सूचनाको आधारमा कार्यालयले तत्काल टोली बनाई ती गतिविधिको निगरानी थाल्यो। प्र