काठमाडौं, २९ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा गरेको डा.गुणराज लोहनीको सरुवा रोकिएको छ । डा.लोहनीलाई हाजिर हुन नदिने भन्दै वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका थिए । कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेको डा.लोहनीको सरुवा रोकिदिएका हुन् । […]