माग पूरा नगरिएको भन्दै चिकित्सकहरूले बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजको अगुवाइमा उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेको हो ।