भारतीय कम्पनी जिएमअारले लगानी जुटाउन सकेन, माथिल्लो कर्णाली अन्यौलमा

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ। भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो। परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन।

सम्बन्धित सामग्री

अपर कर्णालीमा लगानी जुटाउन जिएमआरलाई बाटो खुल्यो

भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव (जिएमआर)लाई माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी जुटाउन र पिपिए गर्न म्याद थप्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट खारेज भएको छ । आइतबार सर्वाेच्च अदालतको संवैधानिक...

माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका विषयमा दायर भएको रिट खारेज हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले यससम्बन्धी ६ वटा रिट खारेज गर्ने फैसला सुनाएको हो । सर्वोच्च अदालतको गत १८ पुसमा ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनासम्बन्धी विवादको मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो । सो […] The post माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माथिल्लो कर्णाली जीएमआरलाई थप समय दिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) को दुई वर्ष म्याद थप गर्ने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले गत असार ३१ गते जिएमआरको म्याद दुई वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न विहिबार अन्तरिम आदेश दिएको हो ।मन्त्रिपरिषदले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गर्ने निर्णय गरेको थियो । त

बङ्गलादेशमा विद्युत निर्यात गर्ने लक्ष्य बोकेको माथिल्लो कर्णाली अलपत्र

काठमाडौं, १ साउन । माथिल्लो कर्णाली जलविद्युत आयोजनाले अझैसम्म वित्तिय व्यवस्थापन गर्न सकेको छैन । ९०० मेगावाटको विद्युत आयोजना निर्माणका लागि भारतको ग्रान्डी मल्लिकार्जुन राओ (जीएमआर) समूहले ८ वर्ष अघि लाइसेन्स पाएको थियो । तर, उक्त कम्पनीले अझै पनि वित्तीय व्यवस्थापन गर्न सकेको छैन । १९ सेप्टेम्बर २०१४ मा लगानी बोर्ड र जीएमआरबीच विद्युत विकास […]

माथिल्लो कर्णाली : ८ वर्षसम्म भारतीय कम्पनीले जुटाएन लगानी, २ वर्ष म्याद थप

१ साउन, काठमाडौं । सरकारले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउन भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई थप दुई वर्षको समय दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजनामा लगानी जुटाउने अवधि २ वर्ष थपेर २०८१ साउनसम्म जीएमआरलाई लगानी जुटाउन समय दिने निर्णय गरेको हो । यसअघि माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौता […]

माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको म्याद थप गर्न सिफारिस

लगानी बोर्डको ५१ औं बैंठकले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन २४ महिनाभित्र गर्ने शर्तसहित म्याद थप गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।...

माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे जीएमआरको दावी प्रमाणीकरण गरिँदै

३० पुस, काठमाडौं । सरकारले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन नसकिरहेको भारतीय कम्पनीले पेश गरेको दावीहरुको आधिकारिकता प्रमाणीकरण थालेको छ । गत २३ असोजमा लगानी बोर्डले माथिल्लो कर्णालीमा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)सँगको सम्झौता थप गर्ने वा नगर्ने विषयमा सुझाव दिन भन्दै उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले […]