नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औँ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरूले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर,सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्