काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि नेपाली कांग्रेसले ६ जना उम्मेदवारकाे टुङ्गो लगाएको छ । नेपाली कांग्रेसको आज साेमवार पार्टी कार्यालय सानेपामा बसेकाे कार्यसमिति बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि ६ जनाको नाम टुङ्गो लगाएको हो । प्रदेश १ बाट गोपालकुमार बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने कांग्रेसले जनाएको छ । यस्तै चुनावमा सत्ता गठबन्धनमा आबद्ध दलहरू ...