प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिदैँ संयुक्त विद्यार्थी संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । ओलीको प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ संगठनहरुले संयुक्तरुपमा शनिबार जनकपुरधाममा नगर प्रदर्शनसँगै नाराबाजी समेत गरेका हुन् ।जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नाराबाजी गरेका थिए । सो क्रममा नेकपा एमालेको ओलीनिकट राष्ट्रिय युवा धनुषाले