काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ३६ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आरती पावर र क्यापिटल बीच सेयर निष्कासनका लागि आज सम्झौता भएको हो । आज आरती पावर कम्पनी लिमिटेडको […]
काठमाडौं (अस) । एकर्ड फर्मास्युटिकल्स लिमिटेडलेले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका ४ लाख ८० हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे ।
अधिकृत पुँजी ६५ करोड र जारी पुँजी ४८ करोड रुपैयाँ रहेको कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको तिनकुने सुविधानगरमा रहेको छ भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभुमा औषधी उत्पादन कारखाना छ । नेपालका औषधी तथा औषधीजन्य सामग्रीको कारोबारमा लामो समयदेखि संलग्न व्यक्ति तथा अन्य विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्र्धित यो कम्पनी ०७० मा प्रालिका रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । हाल मुलुकमा औषधी उत्पादन गरिरहेका थुप्रै कम्पनीमध्ये सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधी उत्पादक कम्पनी बनेको छ ।
काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने मिति थप गरेको छ। प्रतिकित्ता १००रुपैयाँको दरले ११ करोड कित्ता हकप्रद सेयरमा भदौ ८गतेसम्म आवेदन मिति थप गरिएको हो। जेठ२७गतेसम्म नेप्सेमा कारोबार भएका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँ दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा […]
काठमाडौं, २५ असार । सिवाईसी नेपाल लघुवित्त संस्थाले आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सिवाईसी नेपालले प्रति कित्ता १०० रुपैयाँको दरले ३ लाख ९५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर […]
काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड कित्ता बराबरको सेयर निष्काशन गर्न लागेको हो। हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। जेठ २८ गतेसम्म कम्पनीको सेयरधनी रहेकाहरुले हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
३ पुस, काठमाडौं । ८० प्रतिशत (१० बराबर ८ अनुपातमा) हकप्रद सेयर जारी गर्न लागेको आइएमई जनरल इन्स्योरेन्सले बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।
दुई कम्पनीले सोमवार यससँग सम्बन्धि सम्झौता गरेका छन् । संझौता पत्रमा आइएमई जनरलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमईका …