घटस्थापनाको शुभ साइत बिहान १०ः२३ बजे

प्रा. डा. रामचन्द्र गौतम- घटस्थापना बडादसैंको पहिलो दिन हो । घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ । १० दिन मनाउने भएकाले यसलाई दसैं भनिएको हो । दसैंका विभिन्न नाम छन् । दुर्गाको पूजा हुने भएकाले दुर्गोत्सव र शरद ऋतुमा मनाइने भएकाले शारदोत्सव पनि भन्ने चलन छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो । […]

सम्बन्धित सामग्री

शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरे

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी शुभ साइत हेरेर मुख्यमन्त्री निवासमा सरेका छन्। शुक्रबार शुभ साइत हेरेर मुख्यमन्त्री केसी निवासमा सरेका हुन्। केसी मुख्यमन्त्री निवासमा शुक्रबार बिहान ९ बजे सरेका हुन्। मुख्यमन्त्री गृहप्रवेशको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई भने रोक लगाइएको थियो।

दसैं टीकाको उत्तम साइत बिहान ११ः५१ मा, १०ः२३ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ — यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। त्यसदिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका […]

यस्तो छ घटस्थापना र विजया दशमीको शुभ साइत

यस वर्षको दशैंको घटस्थापनाको उत्तम साइत असोज १० गते सोमबार बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ भने असोज १९ गते बुधबार बिहान ११ः५१ बजे यस वर्ष विजयादशमीको साइत उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा …

दशैंको  टीकाको शुभ साइत बिहान  ११ बजेर ५१ मिनेटमा

काठमाडौंः यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११  बजेर ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १० बजेर ३४ बजे देवी विसर्जन गरी ११ बजेर ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर…

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

काठमाडौं । नेपालीको महान चाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ । विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ […] The post आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज विजयादशमी : टीकाको शुभ साइत बिहान १०ः०२ बजे, पूर्व फर्केर लगाउँदा राम्रो

काठमाडौँ । आज (शुक्रवार) आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी ठुलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । विजयादशमीको टीकाको शुभ […]

दशैंको शुभ साइत- कुन ठाउँमा कति बजे टीका लगाउन उत्तम ?

यस वर्ष विजया दशमीको शुभ साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंसहित २७ स्थानका लागि टीकाको उत्तम समय सार्वजनिक गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर २ मिनेट उपयुक्त रहेको बताएको छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ९ बजेर ५५ मिनेटमा, टेक्सासमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा टीका लगाउने साइत छ ।  क्यानडाको टोरन्टोमा बिहान ८ बजेर ३५ मिनेटमा तथा अष्ट्रेलियाको सिड्नीमा १० बजेर ...

दशैँको टिकाको साइत असोज २९ गते बिहान १०ः२ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टिकाको शुभ साइत सार्वजनिक गरेको छ । असोज २९ गते शुक्रबार बिहान १०ः०२ बजे टिकाको शुभ साइत निस्किएको समितिले जनाएको छ । असोज २१ गते बिहीबर बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । असोज २२ गते शुक्रबर झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने समितिले जनाएको छ । असोज २७ गते बुधवार महाअष्टमी र सोही रात कालरात्रिको पूजा गरिनेछ ।असोज २८ गते बिहीवार महानवमी छ । असोज २९ गते शुक्रवार विजयादशमीको टिका जमरा लगाउने दिन हो । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद स्वरुप टिका लगाउन सकिन्छ ।

शुभ साइत हेरेर प्रधानमन्त्री देउवाको बालुवाटार प्रवेश

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन्। प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ। मंगलबार प्रधानमन्त्रीको शपथ लिएपनि उनी बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए। देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए।

भाइटीकाको साइत बिहान ११ः५५ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।