जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक भएको बताएका छन् । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गर्नुपर्ने पनि उनले ट्वीटरमार्फत बताएका छन् । ‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ’, उनले भने, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको