बीपी प्रतिष्ठानको बहिरंग सेवा पुन: सञ्चालन

एक महिनादेखि अवरुद्ध बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग सेवा आइतबारबाट पुन: सञ्चालनमा आएको छ । प्रतिष्ठानमा आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सक एक महिनापछि काममा फर्किएपछि सेवा सञ्चालन भएको हो । शनिबार साँझ सहमति भएपछि आन्दोलनका कारण अवरुद्ध बनेको ओपीडी सेवा, विद्यार्थीको पठनपाठन सञ्चालनमा आएको हो ।

सम्बन्धित सामग्री

प्राध्यापकबिनै नौ विभाग चलाउँदै बीपी प्रतिष्ठान

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले महत्त्वपूर्ण विभागका कार्यक्रमहरु प्राध्यापकबिनै सञ्चालन गर्दा बिरामी उपचार सेवा र आन्तरिक आम्दानीमा असर परेको छ । चिकित्साशास्त्रको स्नातकोत्तर तहभन्दा माथिका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुभवी र दक्ष प्राध्यापक आवश्यक छ । तर बढुवा प्रक्रिया सात वर्षदेखि रोकिएपछि प्रतिष्ठानका ९ वटा विभागमा हाल ‘प्रोफेसर’ तहका शिक्षक छैनन् ।