नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्ति प्रति आपत्ति प्रकट गरेका छन् । अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न निरन्तर धम्की दिँदै आएको बताउँदै श्रेष्ठले दूतावासले ‘एमसीसी पारित गर्ने नेपालको सार्वभौम अधिकार भएको’ भन्ने दाबीसहित जारी गरेको वक्तव्य झुटो भएको बताएका हुन् ।सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन् : नेपाल स्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा एउटा सार्वभौम मुलुकका रूपमा नेपालले नै निर्णय गर्न