प्रधानमन्त्री केपी शर्मा ओलीले 'नागरिक एप'मार्फत विदाका दिनमा पनि ३ सय २५ जनाले प्यान नम्बर प्राप्त गरेको भन्दै यसलाई युगान्तकारी रुपान्तरण भएको बताएका छन् ।
आइतवार साँझ एक ट्वीट गर्दै ओलीले कार्यालय अवधि र कर्मचारीको उपस्थितिबिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको उल्लेख गरेका हुन् ।
'नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गर्नु भएको छ । कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युग...