लक्जमवर्गका प्रधानमन्त्री जेभियर बेटटेलको स्वास्थ्य स्थिति स्थिर देखिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँको स्वास्थ्य स्थिति बिग्रदै गएपछि गत् आइतबार अस्पताल भर्ना गरिएको थियो ।
बीबीसीले लक्जमवर्ग सरकारले उहाँको स्थिति गम्भिर रहेपनि स्थिर भएको जनाएको छ । उहाँ कम्तिमा दुईदेखि चार दिन अस्पतालमा रहनुहुने बताइएको छ । गएको साता उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो । यूरोपेली संघको बैठकमा सहभागी भएर फर्किनुभएका उहाँमा जुन २७ मा सङ्क्रमणको पुष्टि भएको थियो ।