बैतडी – दशरथचन्द नगरपालिका वडा.न.४ बिनासौमा बँदेलको लागि थापेको पासोमा चितुवा परेको छ । बुधबार बिहान पासोमा चितुवा फसेको देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
पछिल्लो समयमा बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मकै जोगाउनको लागी किसानहरुले पासो थापेको र त्यही पासोमा चितुवा परेको जनाइएको छ ।अहिले चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली बोलाएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमबहादुर कडेलले जानकारी दिनुभयो । चितुवाको ढाडमा पासो परेक...