बैतडी : बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो।डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको हो। जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ उनले भने,“ चितुवाको ढाडमा पासो परेको छ । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबा