युरोपियन फुटबलको प्रशासकीय निकाय, युइएफएले हरेक वर्ष प्रदान गर्ने युइएफए वर्ष खेलाडी अवार्डका लागि युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो, रियल मड्रिडका मिडफिल्डर मोड्रिक र लिभरपुलका फरवार्ड सलाह अन्तिम तीनमा परेका हुन् । गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका हुन् ।