कञ्चनपुर ः कञ्चनपुरमा पानीसँगै परेको चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो चट्याङ लागेर कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी पत्नी २० वर्षीया मन्त्रा रानाको मृत्यु भएको मेयर हेमराज ओझाले बताए।उनका अनुसार दुवै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बाटोमा हिँडिरहेका वेला उनीहरूलाई चट्याङ लागेको थियो।