एसिया कप टी–२० क्रिकेटमा अफगानिस्तान सुपर चारमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर चारमा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ ।
अफगानिस्तानले गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका नजिबुल्लाह जर्दानले अविजित ४३ तथा इब्राहिम जर्दानले ४२ रन जोडे । बंगलादेशका साकिब अल हसन, मोस्दक होसेन र मोहम्मद साइफुदिनले एक/एक विके...