भागरथी हत्याको छानबिनका लागि उच्चस्तरीय टोली खटाउन माग

नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीकी भागरथी भट्ट हत्याको अनुसन्धान गर्न घटनास्थलमा सरकारी उच्चस्तरीय टोली खटाउन माग गरेका छन् ।नेता लेखकले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर यस्तो माग गरेका हुन् । सो क्रममा गृहमन्त्री थापाले अनुसन्धानलाई तिव्रता दिइएको र छिट्टै अपराधी पत्ता लगाउने आश्वासन दिएका थिए ।छानबिनको लागि गृह मन्त्रालयले उच्चस्तरीय टोली बैतडी पठाउने गृहमन्त्री […]

सम्बन्धित सामग्री

एमसीसी उपाध्यक्ष फातिमासहितको उच्चस्तरीय टोली भेटघाटमा व्यस्त

काठमाडौं (अस) । सम्झौता भएको चार बर्ष पुग्नै लाग्दा समेत संसद्बाट एमसीसी सम्झौता अनुमोदन हुन नसकिरहेका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको ४ दिने भ्रमणका क्रममा बिहीवार काठमाडौं आइपुगेको हो । नेपाल आएलगत्तै उच्चस्तरीय टोलीले राजनीतिक भेटघाटलाई तीव्र पारेको छ । पहिलो भेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बिहीवार बालकोटमा भयो । टोलीसँगको शिष्टाचार भेटमा ओलीले सत्तारूढ दलहरूको धारणा नआई त्यस सम्बन्धमा आप्mनो पार्टीले धारणा नबनाउने बताए । भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अध्यक्ष ओलीले फातिमा नेतृत्वको टोलीलाई दिएको जवाफ उद्धृत गर्दै उनले भने, ‘हामी विपक्षमा छौं । सत्तारूढ पार्टीको पोजिशन के हो ? त्यो स्पष्ट भएपछि मात्रै आफ्नो धारणा राख्छौं ।’ यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच बिहीवार नै भेटवार्ता भएको छ । बिहीवार साँझ सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेको हो । उपाध्यक्ष फातिमाले लामो समय ‘नेगोशिएशन’ भएर एमसीसी टुंगिएको उल्लेख गर्दै त्यसबारे एमालेको धारणाबारे चासो राखेकी थिइन् । फातिमासहितको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरूसँग भेटवार्ता गरी एमसीसीबारे धारणा माग गर्ने कार्यतालिका छ । छिल्लो समय देशै आन्दोलित बन्दै गएको छ । तर, एमसीसी परियोजना आफ्नो देशको कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको अमेरिकाले जवाफ दिएको छ । संसद्मा विचाराधीन एमसीसी सम्झौताबारे नेपालमा चौतर्फी विवाद भएपछि सरकारले ११ ओटा प्रश्नमा आधारित भई एमसीसीको मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रचारको जवाफ दिँदै बुधवार अमेरिकाले परियोजना कुनै पनि सैन्य गठबन्धनको अंग नभएको स्पष्टीकरण दिएको थियो । मुख्यालयले एमसीसीसँग सम्बद्ध बौद्धिक सम्पत्तिमा नेपालकै स्वामित्व हुने, परियोजना सञ्चालनका लागि खरीद गरिएका जग्गा स्वतः नेपाल सरकारको स्वामित्व जाने, लेखा परीक्षण नेपालकै महालेखा परीक्षकबाट हुने जवाफ दिएको छ । सम्झौतामा बौद्धिक सम्पत्तिमा अमेरिकको हक दाबी रहने, खरीद गरिएका जग्गा अमेरिकाको स्वामित्वमा जाने र त्यसलाई उसले आपूmअनुकूल प्रयोग गर्न सक्ने जस्ता प्रावधान रहेको भन्दै नेपालमा विरोध हुँदै आएको छ ।

बैतडी जानुअघि कांग्रेस नेता रमेश लेखकले भेटे गृहमन्त्रीलाई

‘तत्काल घटनास्थलमा गृह मन्त्रालयबाट उच्चस्तरीय टोली खटाउन’ लेखकले गृहमन्त्री थापासँग माग गरेका छन्।

डाक्टर केसीसँग वार्ता गर्न उच्चस्तरीय टोली गठन

काठमाडौं : सरकारले वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको माग सम्बोधनका लागि वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो। टोलीमा स्वास्थ्य सचिव डा. किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका ...