सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धन दलबाट तीन र प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन गरेर छ जनाको उम्मेदवारी परेको हो । सुदूरपश्चिमबाट राष्ट्रियसभामा तीन जना निर्वाचित हुनेछन् ।