युक्रेनसँगको वार्ता अघि बढाउन रुस सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन्। रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको प्रतिक्रिया दिए।युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले बताए। उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटकपटक वार्ता