सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुनर्गठन गरेको हो । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुनर्गठन गरेका हुन् ।प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका ह