काठमाण्डाै - भारत सरकारले कोभिड-१९ विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने भएको छ ।
कोभिड-१९ विरुद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय भएको भारतको सङ्घीय वित्त मन्त्रालयले जनाएको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने निर्णय गरेको छ ।
पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको र अक्सिजन अभावका कारण बिरामीको ज्यान जाने अवस्...