पुस २, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
२:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते बोर्डबाट अनुमति पाएको कम्पनीले बुक क्लोजको मिति तय गरे पनि निष्कासनको मिति भने तय गर्न बाँकी छ ।
कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने हुँदा पुस ८ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।