प्रचण्ड- नेपाल समूहको प्रदेश भेलामा ओलीले छरेको भ्रम चिर्नुपर्नेमा जोड, संघर्षका लागि तयार रहन निर्देशन

जनकपुर । नेकपाका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छर्ने कार्य गरिरहेकाले यस भ्रमलाई चिर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् । बिहीबार जनकपुरधाममा आयोजित प्रदेश भेलामा पूर्वमन्त्री समेत रहेका पोखरेलले पार्टीभित्रको आन्तरिक बहस र छलफललाई विवाद भएको नाममा संसद नै भंग गर्नु कुतर्क रहेकाले यस्ता भ्रमलाई चिर्न आवश्यकता रहेको स्पष्ट पारे ।उनले ओलीले पार्टीभित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरी भ्रम छरेको आरोप समेत लगाए । उनले भने, अहिले आएर ओलीले अध्यक्ष

सम्बन्धित सामग्री

लाओससँग खेल्न तयार छ नेपाल

२४ असोज, काठमाडौं । नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल आफ्ना लागि […]

मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार

२७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दैछ । ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् । तर नेपाल र बंगलादेश फरक परिस्थितीबाट यो खेल खेल्दैछन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला […]

‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले पूर्वनिर्धारित तालिका अनुसार नै आफूहरु खेल्न तयार हुँदा आयोजक पनि तयार हुनुपर्ने जनाएको छ । बुधबार एक कार्यक्रममाझ खेलाडीलाई स्वागत गर्ने क्रममा टोलीका सिइओ सञ्जय शर्माले प्रतियोगिताबारे आफ्नो प्रतिक्रिया दिएका हुन् । लुम्बिनीको स्वामित्व सञ्जयसँगै पूर्व क्रिकेटरद्वय आशिक लामा र बरदान चालिसे तथा […]

नेपाल र पाकिस्तान मैत्रीपूर्ण फुटबलका लागि तयार

२९ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । दुवै टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् । नेपालका प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानसँग जित्ने मनोवलका साथ टिम तयार पारिएको बताएका छन् । तयारीका लागि कम समय पाएको र धेरै खेलाडीहरु विदेश पलायन भएको अवस्थामा यहाँ भएका उत्कृष्ट खेलाडी समेटेर […]

यू१५ महिला साफका लागि नेपाल तयार

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा भोलि (मंगलबार) देखि शुरु हुने साफ यू–१५ महिला च्याम्पियनसिपको लागि नेपाल पूर्ण रुपमा तयार रहेको छ । ढाकामा सोमबार आयोजित प्रि म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीकी मुख्य प्रशिक्षक भगवती रानाले टोली साफको लागि तयार रहेको बताएकी छिन् । नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । च्याम्पियनसिपको पहिलो […]

ईपिजी प्रतिवेदन बुझ्न नेपाल तयार छ : परराष्ट्र मन्त्री खड्का

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको बताएका छन् । परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मंगलबार प्रतिनिधिसभामा उनले भने, ‘नेपाल सरकार उक्त (इपिजी) प्रतिवेदन बुझ्न तयार छ ।’ ईपिजी प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नु दुई देशको हितमा हुने उल्लेख गर्दै […]

माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार

काठमाडौं, २८ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट […]

माटोको डिजिटल नक्सा तयार गर्ने एशियामै पहिलो बन्यो नेपाल

काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको आज (बुधबार) कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नम्साको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्री पद्माकुमारी अर्याल उपस्थित हुनुहुन्थ्यो । मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो । देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउनसक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ । त्यस अवसरमा मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले दक्षिण एशियामै पहिलो पटक यस प्रकारको प्रविधि प्रयोग नेपालमा ल्याइएको जानकारी दिनुभयो । माटो व्यवस्थापनको लागि उक्त डिजिटल नक्सा कोसेढुंगा साबित हुने समेत सचिवा कार्कीको भनाई थियो । यसैबीच नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख डा. दिपक भण्डारीले २१ औं शताब्दी प्रविधिमा नक्साको प्रयोग उदाहरणीय भएको बताउनुभयो । नक्सालाई मोबाइल एपबाट पनि प्रयोगमा ल्याउने योजनामा रहेको समेत प्रमुख भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा भिडियो सन्देशमार्फत नेपालका लागि युएसएडकी मिसन प्रमुख सेपिडे केभानसाडले नेपाललाई बधाई ज्ञापन गर्दै यस प्रकारका सहयोगको लागि युस एड सदैव साथ रहने बताउनुभयो ।