डिभिजन वन कार्यालयको राजस्वमा वृद्धि

बैतडी (अस) । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा डिभिजन वन कार्यालय, बैतडीको राजस्व आम्दानी बढेको छ । कार्यालयले गत आवमा अघिल्लो आव २०७६÷७७ को भन्दा ९ लाख १५ हजार ४११ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । अघिल्लो आवमा कार्यालयले २०७६/७७ मा ३ लाख ३८ हजार ८११ रुपैयाँ राजस्व असुली गरेकोमा गत आवमा १२ लाख ५४ हजार २२२ रुपैयाँ राजस्व उठाएको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले अघिल्लो आवमा विक्री हुन नपाएको गैरकाष्ठ वनपैदावार गत आवमै विक्री गरिएकाले राजस्वमा वृद्धि भएको डिभिजन वन कार्यालय, बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए । ‘गत आर्थिक वर्षमा पञ्चवर्षीय योजना पनि स्वीकृत भयो । यसले गर्दा गैर काष्ठ वनपैदावारको मात्र बढी विक्री भएकाले राजस्व बढेको हो,’ उनले भने । यसैगरी कार्यालयले गत आवमा प्रदेशको पूँजीगत खर्चभन्दा संघबाट प्राप्त पूँजीगत बजेट बढी खर्च गरेको छ । चालूतर्फ भने संघको भन्दा प्रदेशको बढी खर्च भएको पाइएको छ । कार्यालयले प्रदेशको पूँजीगत बजेटको ७६ दशमलव १३ प्रतिशत र संघबाट प्राप्त पूँजीगत बजेटको ९७ दशमलव ३० प्रतिशत खर्च गरेको छ । यस्तै प्रदेशको चालूतर्फ ९० प्रतिशत र संघको चालूतर्फ ८४ दशमलव ३ प्रतिशत खर्च गरेको छ । संघको पूँजीगत बजेट ५० लाख ४० हजारमध्ये ४९ लाख ४ हजार ३४० रुपैयाँ खर्च र प्रदेशबाट प्राप्त पूँजीगत बजेट ३ करोड २२ लाख ५५ हजारमध्ये २ करोड ४५ लाख ५८ हजार ५३६ रुपयाँ खर्च भएको हो । यस्तै संघको चालूतर्फ १ करोड ६० लाख ४ हजारमध्ये ८९ लाख ११ हजार ३७१ रुपैयाँ र प्रदेशको चालू ११ करोड ४७ लाख ३१ हजारमध्ये १० करोड ३३ लाख ५ हजार ३४५ रुपैयाँ खर्च भएको कार्यालयले बताएको छ ।

सम्बन्धित सामग्री

डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्ध प्रदर्शन

डिभिजन वन कार्यालय रौतहटका कर्मचारीविरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ।  युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन...

डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा घरायसी प्रयोगमा आउने बिरुवा निःशुल्क बितरण

शनिवारको दिन हटिया भर्न आएका किसानलाई समेत लक्षित गरी बिरुवा बितरण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिए।...

जंगल धमाधम अतिक्रमण‚ डिभिजन वन कार्यालय मूकदर्शक

सुर्खेत : डिभिजन वन कार्यालय जाजरकोटको २ सय मिटरभन्दा नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण भए पनि वन कार्यालयले नदेखेझैँ गरेर मौन बसेको छ।सदरमुकामको पनि देखिने ठाउँमा यस्तो अतिक्रमण छ भने अन्यत्र भएको अतिक्रमणको स्थिति सहजै अनुमान लगाउन सकिन्छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले वन क्षेत्र अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महँगो घर निर्माण तथा किनबेच क्रम बढेको छ।सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटल, पसललगायत विभिन्न व्यवसाय सञ्चालन भ

डिभिजन वन कार्यालय बाराको अनौठो उपहार

डिभिजन वन कार्यालय बाराले जिल्लामा आउने विशिष्ट अतिथिलाई अनौठो उपहार दिने गरेको छ । मन्त्री, सचिव तथा विभागबाट आउने उच्च तहका कर्मचारीलाई सो कार्यालयले उपहारस्वरुप ‘भीम सखुवा’को तस्वीर दिने गरेको हो ।सो कार्यालयले वन जंगलको महत्त्व झल्काउन र संरक्षणमा टेवा पु¥याउने उद्देश्यले जिल्लाकै पहिचानको रुपमा रहेको ‘भीम सखुवा’को तस्वीर उपहारस्वरुप अतिथिहरूलाई दिने गरेको हो । यसरी अतिथिलाई उपहारस्वरुप ‘भीम सखुवा’ को तस्वीर दिने सुरुवात तत्कालीन डिभिजन वन अधिकृत मञ्जु

डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ व्यक्तिगत खातामा

मकवानपुर - डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ कर्मचारीकाे व्यक्तिगत खातामा राखेकाे पाइएकाे छ।  बितेको आर्थिक वर्षमा निजी क्षेत्रका सिमेन्ट उद्योगसँग सम्झौता बमोजिमको रकम डिभिजन वन कार्यालय राप्तीका तत्कालीन सहायक वन अधिकृत प्रदीपनाथ शर्माले कार्यालयको खातामा राख्नुपर्ने रकम व्यक्तिगत खातामा राखेकाे पाइएकाे हाे ।  निजी क्षेत्रका सिमेन्ट उद्योग रिद्धिसिद्धी सिमेन्ट उद्योग र गुराँस सिमेन्ट उद्योगसँग नर्सरी मर्मत र बिरुवा उत्पादनका लागि भनेर सम्झौता गरेर दिएको भुक्तानी रकम सहायक वन ...

डिभिजन वन कार्यालय रौतहटका कर्मचारी आन्दोलित

रौतहट । डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरु आफनो नियमित काम छोडेर आन्दोलित भएका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वन अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायतले पाउनुपर्ने सेवा सुविधा बापत कट्टी गरिएको झन्डै ६० लाख रुपियाँ सम्बन्धीत खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । १८ महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा […] The post डिभिजन वन कार्यालय रौतहटका कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.

डिभिजन वन कार्यालय कपिलवस्तुद्वारा वातावरण मैत्री फाउन्टेन पार्क निर्माण

डिभिजन वन कार्यालय कपिलवस्तुले कार्यालयको हाताभित्र वातावरण मैत्री फाउन्टेन पार्क निर्माण गरेको छ।...

डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा

लमजुङ – गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको […]

काम पूरा नगर्ने कन्सलटेन्सीलाई डिभिजन वन कार्यालय पर्साद्वारा पूरा रकम भुक्तानि

वीरगञ्ज – ठेक्का दिइएको काम सम्पन्न नगरेको कन्सलटेन्सीलाई डिभिजन वन कार्यालय पर्साले १८ लाख भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । डिभिजन वन कार्यालय पर्साले वनको काम गर्न ठेक्का पाएको ग्रिन नेपाल कन्सलटेनसीलाई १८ लाख ४२ हजार रकम भुक्तानी दिएको हो । भुक्तानी समेत लिएको भए पनि उक्त कन्सलटेन्सीले भने काम सम्पन्न गरेको छैन […]

डिभिजन वन कार्यालय तनहुँद्वारा ५ जना पक्राउ

डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित २ जनालाई सोमवार पक्राउ गरिएको वन कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । गैंडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहाद...