सुर्खेत : डिभिजन वन कार्यालय जाजरकोटको २ सय मिटरभन्दा नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण भए पनि वन कार्यालयले नदेखेझैँ गरेर मौन बसेको छ।सदरमुकामको पनि देखिने ठाउँमा यस्तो अतिक्रमण छ भने अन्यत्र भएको अतिक्रमणको स्थिति सहजै अनुमान लगाउन सकिन्छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले वन क्षेत्र अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महँगो घर निर्माण तथा किनबेच क्रम बढेको छ।सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटल, पसललगायत विभिन्न व्यवसाय सञ्चालन भ